आयोजक बङ्गलादेशलाई हराउँदै महिला भलिबलमा नेपालको लगातार तेस्रो जित

२०७८ पुष १० गते, शनिबार

काठमाण्डाै । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेञ्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ ।

आजको खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो । नेपालले बङ्गलादेशलाई २५–५, २५–१५ र २५–१७ को सेटमा हरायो । अब नेपालले भोलि उज्बेकिस्तानसँग खेल्नेछ ।

यसअघि नेपालको महिला टोलीले पहिलो खेलमा श्रीलङ्कालाई ३–२ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो । साविक विजेता नेपालले ३ खेलमा ८ अङ्क जोडेको छ । नेपाल शीर्ष स्थानमा छ ।

यसैबीच नेपालको पुरुष टोलीले आज श्रीलङ्कासँग खेल्दैछ । नेपाल र श्रीलङ्काबीचको खेल बेलुका पौने ६ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–० को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा उज्बेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो ।

217 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal