गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै:गृहमन्त्री खाँण

२०७८ पुष १० गते, शनिबार

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले बुटवलको बिकास आफ्नै ढङ्गले हुने बताएका छन् । प्रदेशको राजधानी बुटवलमा नभए पनि आफ्नै ढङ्गले यहाँको बिकास अघि बढ्ने उल्लेख गरे ।

आफ्नै ईतिहास र बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको उल्लेख गर्दै खाणले राजधानी नरहे पनि बुटवल बुटवल नै रहने दाबी गरे । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको साधारणसभा तथा तेस्रो अधिवेशन सनिवार उद्घाटन गर्दै गृहमन्त्री खाँणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताए। गृहमन्त्री खाँणले रुपन्देहीको बिकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरु भईरहे पनि बिकासका लागि गरेको पहलको जस भने नलिने बताए। जनताले बिकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेका हुन्, जे कामका लागि जनताले पठाएका हुन् त्यही काम गर्दा के जस लिनु। उनले भने।

गृहमन्त्री खाँणले विज्ञान र प्रविधिको बिकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गरे पनि गरिबीको संख्या भने बढेको बताए। स्वास्थ्य क्षेत्रमा सरकारि अस्पताल कमजोर हुँदा जनताले निजि अस्पतालमा महङ्गो उपचार लिन बाध्य भएकोले सरकारले सरकारी तथा सामुदायिक अस्पतालहरुको प्रवर्द्धन गर्न अग्रसर रहेको बताए। ‘मानिसले जीवन लम्बाउन भएको सम्पत्ति सबै बिक्री गरेर भएपनी निजि अस्पतालमा उपचार गर्न बाध्य छन्, जसले गर्दा उपचार पछि अस्पतालबाट फर्किदा घरजग्गा सबै सकिने अवस्थामा पुगेका छन् ।’गृहमन्त्री खाणले भने।

उनले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुस्खद रहेको उल्लेख गर्दै आफूले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताए।

140 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal