माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय

२०७८ पुष १० गते, शनिबार

काठमाण्डाै । नेकपा माओवादी केन्द्रले भोलिदेखि काठमाण्डौमा सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरि आठौँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । 

स्थायी कमिटीको निर्णय भोलि बिहान बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने पनि महराले बताउनुभयो ।

236 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal