आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

२०७८ पुष ११ गते, आईतवार

काठमाडौँ । आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो ।

२०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाका भत्ताका रुपमा एक सय रुपैयाँ प्रदान गर्न थालिएको थियो । ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईँदैछ ।

सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक गाडीमा आरक्षण, भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सहुलियत र सुविधाको व्यवस्था गरेको छ । तर सेवासुविधाको प्रभावकारी कार्यान्वयन हुन नसकेको ज्येष्ठ नागरिकको गुनासो छ ।

नेपालमा कुल जनसङ्ख्याको नौ प्रतिशत ज्येष्ठ नागरिक छन् । हरेक वर्ष साढे तीन प्रतिशतका दरले ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाने गरेको एजिङ नेपालले जनाएको छ ।

377 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal