प्रधानमन्त्री कपको छनोट खेलमा कपिलवस्त १ विकेटले पराजित

२०७८ पुष ११ गते, आईतवार

भैरहवा । भैरहवामा आइतबार भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा बर्दियाले कपिलवस्तुलाई १ विकेटले पराजित गरेको छ ।सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ४० ओभरको खेलमा ३१ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रनमै समेटियो ।

उसका लागि आकाश त्रिपाठीले ३० र अमृत पौडेलले २६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।८ ओभर बलिङ गरेका बर्दियाका निर्मल गुरुङले ४ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए । निर्मल गुरुङ खेलमा म्यान अफ द म्याच घोषित भएका छन् । यस्तै विशालविक्रम केसी र रविस बर्माले २–२ तथा सुमित श्रेष्ठ र समिर आचार्यले १–१ विकेट लिएका थिए ।

जवाफमा बर्दियाले २९ दशमलव ३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुमित श्रेष्ठले २८, विशालविक्रम केसीले २७ र विवेक न्यौपानेले १४ रनको योगदान दिए । बलिङ कपिलवस्तुका राज अग्रहरीले ४, महेश भरले ३ र आकाश त्रिपाठीले १ विकेट लिए ।

335 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal