माओवादी कहाँ चुक्यो भन्ने विषयमा विस्तृत आत्मसमीक्षा गर्ने : प्रचण्ड

२०७८ पुष ११ गते, आईतवार

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको महाधिवेशन कुनै एउटा दलको मात्रै चासोको विषय नभइ समग्र देशकै चासोको विषय भएको बताउनुभएको छ । 

पार्टीकाे आठाैँ महाधिवेशनकाे उद्घाटन सत्रलाई आज आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै नेताले देश र नागरिकको जीवनलाई कसरी सकारात्मक परिवर्तन गर्ने भन्ने विषयमा बोलेकाले खुसी लागेको बताउनुभयो ।

शान्ति प्रक्रियामा आएपछि माओवादी कहाँ चुक्यो भन्ने विषयमा विस्तृत आत्मसमीक्षा गर्ने प्रचण्डको भनाइ छ । आफ्नो राजनीतिक प्रतिवेदनमा सबैभन्दा धेरै आफ्नोबारेमा नै धेरै समीक्षा गर्ने भन्दै प्रचण्डले आफैँलाई चिरफार गर्ने, माओवादीलाई फेरि उठाउने र समाजवादी अभियानलाई अघि बढाएर नागरिक र देशको वृहत्तर हितका लागि अघि बढ्ने बताउनुभयो । 

तत्कालीन एमाले र माओवादीको एकता गर्नु कुनै गल्ती नभएको भन्दै प्रचण्डले नेकपा किन विघटन भयो भन्नेबारेमा गम्भीर समीक्षा गर्नुपर्ने पनि बताउनुभयो । 

194 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal