लुम्बिनी लर्निङ्ग सेन्टरद्धारा जापान अध्ययन गर्नेका लागि निःशुल्क सेमिनार सम्पन्न

२०७८ पुष ११ गते, आईतवार

हरि आचार्य, कपिलवस्तु । शैक्षिक क्षेत्रमा कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि. वाणगंगा कपिलवस्तुले निःशुल्क जापनिज सेमिनार सम्पन्न गरेको छ । जिल्लामै उत्कृष्ट उक्त सेन्टरले जापान जान चाहाने विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै सेमिनार आयोजना गरिएको सेन्टरका प्रमुख असिम क्षेत्रीले बताएका छन् ।

विगत १० बर्ष देखि वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई परामर्श दिंदै आएका परामर्शदाताले प्रशिक्षण दिएको संस्थाले जनाएको छ ।
परामर्शदाताले अध्ययनका लागि जापान जाने बिद्यार्थीहरुलाई भाषा अध्ययन, कागजात तयार, निवेदन पठाउने कार्य, लाग्ने शुल्क लगायत सम्पुर्ण गतिविधिहरुबारे जानकारी गराईएको छ भने जापान पुगिसकेपछि हुने सम्पुर्ण क्रियाकलापको बारेमा पनि स्पष्ट जानकारी गराईएको लुम्बिनी लर्निङ्ग सेन्टरका प्रमुख क्षेत्रीले बताए । साथै विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरिएको छ ।
विक्रम संवत २०७२ सालमा स्थापना गरिएको लुम्बिनी लर्निङ्ग सेन्टर प्रालिले कोरियन, जापनिज लगायत विभिन्न भाषा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।

प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ ।

शैक्षिक दक्षता, हाम्रो लक्ष्य भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढेकाले विद्यार्थीको उपस्थिती सक्रिय रहेको प्रमुख क्षेत्रीले बताए ।

255 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal