अनेमसंघ वडा कमिटी गठनमा शिवराज नगर कमिटीको तिब्रता

२०७८ पुष ११ गते, आईतवार

कपिलवस्तु । नेकपा एमाले निकट जनबर्गिय संगठन अखिल नेपाल महिला संघ शिबराज नगरकमिटी कपिलवस्तु ले आफ्नो संगठन लाई वडा वडामा कमिटी गठन गर्दै तिब्रता दिएको छ । नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन सकिए लगत्तै नेकपा एमालेको सबै जनबर्गिय संगठन सक्रिय रहेका बेला अनेमंघ शिबराज नगर कमिटी पनि वडा कमिटी गठन कार्यलाई तिब्रता दिन थालेको हो । अनेमसंघ शिबराज नगर कमिटी संयोजक लक्ष्मी हमालको अध्यक्षता, अनेमसंघ केन्द्रिय कमिटी सदस्य तथा शिबराज नगरपालिकाकि उपमेयर शिवकुमारि थारुको प्रमुख आतिथ्यतामा शिबराज ११ मा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको हो ।
वडा कमिटी गठन कार्यक्रममा वडा नं ११ को लागि अनेमसंघ इन्चार्जमा प्रभा रायमाझी चयन हुनुभएको छ भने सह(इन्चार्जमा गिता बेल्बासे चयन हुनुभएको छ ।

यस्तै वडा कमिटी अध्यक्षमा गिता कुर्मी, उपाध्यक्षमा शान्ता भुसाल, सचिबमा अन्जली बढइ, सह सचिबमा अनिता बस्याल र संगिता गुरुङ चयन हुनुभएको छ । कार्यक्रममा एमाले शिबराज नगर कमिटी उपाध्यक्ष महादेब पोख्रेल सहित अन्य एमाले नेता कार्यकर्ताको उपस्थितिमा १९ सदस्यीय अनेमसंघ वडा कमिटी गठन गरिएको हो ।

226 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal