दाङ कैदी फरार प्रकरण: जेलर र सुरक्षा प्रमुख तानिए

२०७८ पुष ११ गते, आईतवार

घोराही । घोराही कारागारमा जन्मकैद सजाय भोगिरहेका कैदी फरार भएको घ’टनामा कारागारका जेलर र नेपाल प्रहरीले सुरक्षार्थ खटाएका सबै प्रहरी तानिएका छन् ।

कर्तव्य ज्यान मुुद्धामा २० वर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष छ ।

कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरी सहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको हो ।

छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले बुुधबार दिउँसो लु ३ ४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । सोही मोटरसाइकल शुक्रवार लमहीको मुसोटस्थित बेलदमार भन्ने स्थानमा फेला परेको छ ।

तर उनीहरू अस्पताल नगई होटेलमा पुगेको र त्यहीबाट भागेका प्रहरीको भनाई छ । प्रहरी र कैदीले घोराहीकै थकाली होटेलमा दुई जना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको छ ।

घ’टनामा संलग्न भएका प्रहरी जवान सहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, ती दुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

कैदी परियार भने अझै फेला परेका छैनन् । डिएसपी मुुकुुन्दप्रसाद रिजालको कमाण्डमा जिल्लामा र बाहिरबाट सिआईविको टोलीले समेत खोजी तथा अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।।

575 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal