नेपाल विश्व हिन्दु महासङ्घको लुम्बिनी प्रदेशको अध्यक्षमा यादव निर्वाचित

२०७८ पुष ११ गते, आईतवार

कपिलवस्तु । नेपाल विश्व हिन्दु महासङ्घको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा निरञ्जन यादव निर्वाचित भएका छन् । कपिलवस्तुको चन्द्रौटामा शनिवार सम्पन्न अधिवेशनले निरञ्जन यादवको अध्यक्षतामा ६ सदस्य प्रदेश कार्य समिति गठन गरिएको छ । नेपाल विश्व हिन्दु महासङ्घको लुम्बिनी प्रदेशको उपाध्यक्षमा देबाका भुसाल ,कोषाध्यक्ष दुर्पदा बुढाथोकी, सह-सचिव सागर यादव ,सदस्य कमल हिताङ्गा ,सदस्य सुकदेव यादव निर्वाचित भएका छन् ।

नव निर्वाचित प्रदेश पदाधिकारीहरूले हिन्दुत्वका लागि सधैँ तत्पर रही हिन्दु धर्मको रक्षा गर्ने छौ साथै संस्था प्रति वफादार रही निष्ठा पूर्वक काम(कर्तव्य गर्ने बताउनु भएको थियो। नव निवार्चित प्रदेस अध्यक्ष यादवले सम्पूर्ण हिन्दु आमाबुबा दिदीबहिनी दाजुभाइलाई आफ्नो संस्कार धर्म धार्मिक सम्पदा रीतिरिवाज शास्त्र आदिको संरक्षण गर्ने बताउनुभएको थियो ।

हिन्दु माथि कुनै पनि किसिम प्रहार वा निनदनिय कार्य भए मा बरदास नगर्ने र वही भाषामा जवाब दिने उनले बताए साथै आउने दिनमा महासङ्घलाई झन् बलियो बनाउने उहाँले प्रतिबद्धता समेत गर्नु भएको छ।

396 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal