निर्धन उत्थान लघुबित्त गलकोट शाखाद्वारा शोक सभा सम्पन्न

२०७८ पुष १२ गते, सोमबार

बाग्लुङ । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय गलकोटले शोक सभा तथा काजकिरिया रकम बितरण गरेको छ। गलकोट शाखाद्वारा संचालित कौलेनि महिला समुहकि सदस्य स्व. खड्क कुमारी मल्लको मृत्यु पश्चात आज उहाकै निवास गलकोट-०५ कौलेनि मा पुगेर निर्धन उत्थान लघुबित्त बित्तिय सस्था क्षेत्रीय कार्यालय पोखराका कार्यक्रम अधिकृत दामोदर पाठक, गलकोट शाखाका प्रबन्धक लक्ष्मण सापकोटा तथा लेखापाल झबिन्द्र भण्डारीले शोक सभा तथा काजकिरिया रकम बितरण गर्नु भएको छ।

कार्यक्रम मा बोल्दै शाखा प्रबन्धक लक्ष्मण सापकोटाले निर्धन उत्त्थान लघुबित्त बित्तिय सस्था गलकोट शाखाले एउटा इमानदार ग्राहक गुमाएको दुखद क्षण मा परिवारजनमा ईश्वरले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन भन्नुभयो त्यस्तै कार्यक्रम अधिकृत दामोदर पाठकले निर्धन उत्थान लघुबित्त सस्थाले स्थापनाकाल देखि नै ग्राहकमुखि रहि उनिहरुको दुख सुख मा साथ दिदै आएको र भवितव्य अबस्थामा परिवार सरह नै सस्थाले साथ सहयोग गर्ने बताउनु भयो। समुह सदस्यहरु , स्थानीय बासिन्दाहरुको
सहभागीता रहेको कार्यक्रम को सहजीकरण लेखापाल झबिन्द्र भण्डारीले गर्नुभएको थियो।

573 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal