प्रहरीकाे भ्यानले ठक्कर दिँदा व्यवसायीको ज्यान गएपछि सर्लाहीको बयलवासमा तनाव

२०७८ पुष १२ गते, सोमबार

सर्लाही । सर्लाहीमा इलाका प्रहरी कार्यालय ईश्वरपुर प्रहरी गएपछि  त्यसको विरोधमा स्थानीय व्यापारीले बयलवास बजारमा प्रदर्शन गरेका छन् ।  

हिजाे आइतवार राति प्रहरीकाे भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ का स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएको हो । स्थानीय व्यापारीकाे प्रदर्शनका कारण बजार पूर्ण रूपमा ठप्प भएको छ । अहिले बजार क्षेत्रमा गाडी चलेका छैनन् । प्रहरीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

ईश्वरपुर नगरपालिका ६  बयलवास बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर घर जाँदै गर्दा प्रहरीको भ्यानले ठक्कर दिएको थियो । आफूहरूलाई दुर्घटना हुनेबित्तिकै जानकारी नगराएर ज्यान गएपछि मात्र जानकारी दिएको स्थानीय व्यापारीकाे आरोप छ ।

घटना राति भए पनि परिवारलाई आज साेमवार बिहान मात्र जानकारी दिइएको थियो । आफैँ संलग्न भएपछि प्रहरीले घटना ढाकछोप गर्न लागेको भन्दै स्थानीय व्यापारीले उद्योग वाणिज्य सङ्घ ईश्वरपुरको आयोजनामा बजार बन्द गर्दै इलाका प्रहरी कार्यालय ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।

143 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal