नेता/कार्यकर्ताले पद र स्वार्थलाई महत्त्व दिँदा क्रान्तिकारी यात्रा बिग्रियो : प्रचण्डको प्रतिवेदन

२०७८ पुष १२ गते, सोमबार

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता/कार्यकर्ताले व्यक्तिगत स्वार्थ र पद, प्रतिष्ठालाई महत्त्व दिँदा पार्टी बिग्रँदै गएको बताउनुभएको छ ।

आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेता/कार्यकर्तामा विकसित हुँदै गएको चरम स्वार्थी प्रवृत्तिले माओवादीलाई क्रान्तिकारी रूपान्तरणमा लैजाने विषय जटिल बन्दै गएको उल्लेख छ ।

माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म के–के कुरामा कमजोरी भयो भन्ने विषयमा प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गर्नुभएका प्रचण्डले वृहत् योजना र सुधारविना पार्टी अघि बढ्न नसक्ने बताउनुभएको छ ।

प्रचण्डले प्रतिवेदनमा पार्टी रूपान्तरण गर्दै जाँदा निजी सम्पत्ति छाडेर सामूहिक जीवन पद्धति अँगाल्ने विषय कत्तिको सम्भव छ भनेर प्रश्न गर्नुभएको छ ।

यस्तै एक खालको सामन्तवाद र निरङ्कुशताको अन्त्य भए पनि अहिले नयाँ–नयाँ स्वरूपमा सामान्तवाद देखिन थालेको भन्दै प्रचण्डले सम्भावित प्रतिगमन र निरङ्कुशताको सामना गर्न क्रान्तिकारी कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीच मोर्चाबन्दी हुनुपर्ने पनि उल्लेख गर्नुभएको छ । 

154 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal