समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतसँग खेल्दै

२०७८ पुष १३ गते, मंगलवार

काठमाण्डाै । १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दैछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतसँग खेल्न लागेको हो ।

नेपाल पहिलो खेलमा नेपाल बङ्गलादेशसँग तथा दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

यूएईमा बिहान सवा ११ बजे हुने खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

343 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal