सवारी दुर्घटना बाणगंगामा एक जनाको मृत्यु

२०७८ पुष १३ गते, मंगलवार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा न- ४ दरखास्तमा सवारी दुर्घटनामा बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको मृत्यु भएको हो । कारमा सवार रहेका पाण्डेको बुटवलमा उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । पाण्डे कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष समेत रहेका थिए भने शाइन रेसुंगा बैकं जितपुर शाखाको प्रमुखको रुपमा समेत कार्यरत रहनुका साथै दर्जनौ सघंसस्थामा आवद्ध भई काम गर्दै आएका थिए ।उनी कारमा सवार थिए । कारलाई सुरुमा ट्रकले ठक्कर दिएको र कार बससगं ठोकीन गएको बसका चालकले बताएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार पुर्व बाट पश्चिम तर्फ जाँदौ गरेको बा ६ च ११६४ नम्वरको कार अनियन्त्रित भई पश्चिम बाट पुर्व तर्फ आँउदौ गरेको ना ५ ख ३३८७ नम्बरको बसमा ठोक्किएको बताईएको छ । कारमा सवारमा अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको छ भने बसमा सवार ३ जना घाइते भएका छन ।

288 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal