गृहमन्त्री बालकृष्ण खाँण भोलि पोखरा जादै

२०७८ पुष १४ गते, बुधबार


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण भोलि पोखरा पुग्ने भएका छन्। रेष्टुरेण्ट तथा बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको २३ औं पोखरा सडक महोत्सवलाई उद्घाटन गर्न गृहमन्त्री खाँण पोखरा पुग्ने कार्यक्रम रहेको बताइएको छ।

दिउँसो १ बजे कोमागाने पार्क लेक साइडमा खाँणले सडक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि गृहमन्त्री खाँणले दिउँसो २:३० बजे तमु धिं नेपालले तमुहरुको नयाँवर्ष तमु ल्होछार(तोल्हो)२०७८ को अवसरमा आयोजना गरेको ल्होछार विशेष कार्यक्रमलाई उद्घाटन गर्नेछन्।

गृहमन्त्री खाँण बिहीबार पोखरा नै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। पोखरा बसाइमा उनले गण्डकी सरकारको पछिल्लो गतिविधिका विषयमा जानकारी लिने कार्यक्रम रहेको छ। पोखराको एकदिने बसाईमा सुरक्षा निकाय, व्यावसायिक, राजनीतिक र सामाजिक व्यात्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत तय भएको सचिवालयले जानकारी दिएको छ।

270 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal