गृहमन्त्री खाँण र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

२०७८ पुष ३० गते, शुक्रबार

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटम अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो । भेटमा गृहमन्त्री खाँणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै कोभिड महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए । त्यस्तै नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

त्यस्तै भेटमा अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न तयार रहेको बताएकी छन् ।

266 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal