भारतीय क्रिकेटर विराट कोहलीले छाडे टेस्ट टिमको कप्तानी

२०७८ माघ २ गते, आईतवार

काठमाण्डौ । भारतीय ब्याट्सम्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेका छन् । सामाजिक सञ्जालबाट उनले टेस्ट टिमको कप्तानी पद छाडेको बताएका हुन् । कोहलीले यसअघि टी–२० एक दिवसीयको कप्तानी छाडेका थिए ।

सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका थिए । कोहलीको कप्तानीमा भारतले कुल ६८ टेस्ट क्रिकेट खेलेको छ । जसमा ४० मा जित, १७ मा पराजित र ११ खेलमा बराबरी भएको छ ।

उनले ६८ खेलमा २० शतक प्रहार गरेका छन् । उनी सफल कप्तान समेत हुन् ।

242 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal