शिवराज ६ मा ११ जना स्वयम सेविकाहरुलाई दराज वितरण
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ६ ले स्वास्थ्य स्वयम सेविकाहरुलाई दराज वितरण गरेको छ । वडाको वार्षिक कार्यक्रम अन्तरर्गत वडा भित्र रहेकका ११ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई दराज वितरण गरिएका वडा अध्यक्ष शन्तरी प्रसाद चौधरीले बताउनुभयो । समुदाय स्तरमा लामो समय सम्म सेवा गर्दै आइरहेका महिला स्वास्थ्य स्वयम सेविकालाई वडाको तर्फ वाट दराज वितरण गरिएको चौधरीले बताउनु भयो ।
एक कार्यक्रमका विच वडा कार्यालयमा दराज वितरण कार्यक्रममा आफनो मन्तव्य राख्दै शिवराज नगरपालिका उप प्रमुख एंवम उक्त कार्यक्रमको प्रमुख अतिथी शिवकुमारी थारुले निशुल्क रुपमा सामाजिक क्षेत्रमा काम गर्ने स्वयमसेविकाहरु लाई वडाले उपहार स्वरुप आम नागरिकहरु सगँ प्रत्यक्ष रहेर काम गर्ने स्वंयसेविकालाई दराज वितरण गरेर सराहनीय कार्य गरेको वताउनु भयो ।
उहाँले विगतका तुलनामा अहिले स्वयमसेविकाहरुले पाउने सेवासुविधामा बृद्दि भएको बताउनु भयो । स्वास्थ्य सस्थालाई संचालनको लागी स्वेयमसेविकाको अहम भुमीका हुने भएकोले आम नागरिकलाई सुचना प्रवाह समेत उनीहरुले गरिरहेको बताउनुभयो ।
उप प्रमुख थारुले महिला स्वास्थ्य स्वयम सेविकाहरुले गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा वडाले यस्तै रचनात्मक काम गर्न आग्रह समेत गर्नु भयो कोरोना महामारीको समयमा स्वयम सेविकाहरुले गरेको स्वास्थ्य चतेनामा गरेको सहयोग प्रति खुलेर प्रशंसा गर्नु भएको थियो ।
उपहार स्वरुपको दराज पाए पछि खुसि ब्यक्त गर्दै वडा न ६ कि महिला स्वयम सेविका शान्ति कोरीले सामाजिक अभियानमा गरेका पालिकाका सबै स्वास्थ्य कार्यक्रमका विभिन्न रिपोर्टिङ र कागजात राख्न सहज हुने बताउनु भयो । आफुहरुलाइ वडा ले गरेको सहयोगले थप काम गर्ने प्रेरणा प्रदान गरेको अर्कि महिला स्वास्थ्य स्वयम सेविका सरिता कहार ले बताउनु भयो। दराज वितरण कार्यक्रममा वडा सचिव राम प्रसाद चौधरी , समाज सेवि तौलेश्वर चौधरी लगायतको सहभागिता रहेको थियो ।