दाङको तुलसीपुरमा एकैरातमा ११ पसलमा चोरी

२०७८ माघ २ गते, आईतवार

दाङ । दाङको तुलसीपुरमा एकैरातमा ११ पसलमा चोरी भएको छ । तुलसीपुर बजारको सल्यान रोडमा रहेका ११ ओटा किराना पसलमा चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पसलबाट नगद, रिचार्ज कार्ड, रक्सी लगायत चोरी भएको छ । चोरले पौडेल किरान पसल, जुगार एण्ड बुढागाउँ इलेक्ट्रोनिक्स सप्लायर्स, भाग्यलक्ष्मी कन्सर्न,न्यु पञ्चकोसी इन्टरप्राइजेज लगायतका पसलका ताला फोडेका छन् ।

प्रहरीले ताला फोड्न प्रयोग गरिएको दुई थान सरिया समेत फेला पारेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले क्षतिबारे विवरण सङ्कलन गर्दै अनुसन्धान थालेको छ ।

367 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal