बाणगंगा नगरपालिकाको १०र्औ नगरसभा सुरु
२०७८ माघ ३ गते, सोमबार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको दशौं नगरसभा सुरु भएको छ ।
बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ को सुरुवाती अवस्था देखि हाल सम्म भएका विकासको समिक्षा सहित आगामि योजनाको कार्यारम्भ लाई समेट्दौ दशौं नगरसभा सुरु गरेको हो ।
“संमृद्ध बाणगंगाको मुल आधारः आर्थिक सामाजिक रुपान्तरण सहितको पुर्वाधार” भन्ने नाराका साथ दशौं नगरसभाका सभाध्यक्ष मंगल प्रसाद थारुले नगरसभा सुरु भएको घोषणा गर्नु भएको थियो । बाणगंगा नगरको आफ्नै सभाहलमा नगरसभा सुरु भएको छ ।
185 Views