प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी
२०७८ माघ ३ गते, सोमबार
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।
बालुवाटार स्रोतका अनुसार सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको हो । सम्बोधनको मिति र समय भने तय भइसकेको छैन ।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।
157 Views