तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग

२०७८ माघ ३ गते, सोमबार

काठमाडौं । स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले आज संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न माग गरेका हुन् ।

समयमै निर्वाचन नभए पालिका प्रमुख÷अध्यक्ष, उपप्रमुखरउपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिसलगायतका कार्यहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

संविधानले नै जनप्रतिनिधिविनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था नगरेको र म्याद थपको पनि व्यवस्था नगरेकाले समयमै निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्ने गरी सुझाव दिएको छ । तर, सरकारले निर्वाचनको मिति तोकेको छैन् । यही बेला तीन वटै संस्थाले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।

318 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal