संसद विघटन गरेर बैशाखमा संघीय संसदको निर्वाचन गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं । संसद विघटन गरेर बैशाखमा संघीय संसदको निर्वाचन गर्ने प्रचण्डको प्रस्तावमा छलफल गर्न आज गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठक बसेर प्रचण्डले अघिल्लो बैठकमा गरेको प्रस्तावको बिषयमा ब्यापक छलफल हुने नेताहरुले बताएका छन् ।
आजको बैठकमा स्थनीय र संघीय निर्वाचनका बारेमा नै छलफल हुने माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिनुभएको छ । निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव आजको बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ ।
निर्वाचन आयोगको ताकेतापछि पनि स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अलमल गरिरहेको सत्ता गठबन्धनमा संघीय संसद्को निर्वाचनको विषयले प्रवेश पाएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले वैशाखरजेठमा संसदीय कात्तिक र मंसिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव राखेका छन् ।