पछिल्लो राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्दै ओली

२०७८ माघ ८ गते, शनिबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गर्नुभएको छ । पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भोलि पार्टी अध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायत विषयमा एमालेले पत्रकार सम्मेलनमार्फत् आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्न लागेको हो ।

नेकपा एमालेले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राख्दै आएको छ । तर, सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाखमा संघीय निर्वाचन गर्नुपर्ने र त्यसपछि अन्य निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेपछि त्यसले राजनीतिक वृतमा तरंग ल्याएको छ । यद्यपि यस विषयमा सत्ता गठबन्धनमा साझा सहमति बनिसकेको छैन ।

202 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal