पार्टीको बाँकी सङ्गठनात्मक काम टुङ्ग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई

२०७८ माघ ८ गते, शनिबार

काठमाण्डौ । नेकपा (माओवादी) केन्द्रको पूर्व स्थायी कमिटी सदस्यको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकले बाँकी रहेका सङ्गठनात्मक काम टुङ्ग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० लाई दिने निर्णय गरेको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बताउनुभयो ।

उहाँले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताउनु भयो ।

नेता महराले बैठकमा तीन वटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, कानुनविद्सँग छलफल गरेर निस्कर्षमा पुग्ने बताउनुभयो।

113 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal