सुर्खेत प्रशासनद्वारा आजदेखि ‘वार’ प्रणाली लागू गर्ने

२०७८ माघ ९ गते, आईतवार

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भिड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आजदेखि ‘वार’ प्रणाली लागू गर्ने भएको छ ।

कार्यालयमा भिडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न ‘वार’ प्रणाली लागू गरेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानीसम्बन्धी कार्यका लागि सेवा गर्न ‘वार’ प्रणाली तोकिएको बताउनुभयो ।

उहाँका अनुसार आइतवार र शुक्रवार लेकबेशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मङ्गलवार वीरेन्द्रनगर नगरपालिका, सोमवार र मङ्गलवार भेरीगङ्गा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका, बुधवार र बिहीवार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।

प्रशासनले वार प्रणालीबमोजिम अनिवार्य स्वास्थ्य मापदण्ड अपनाइ पूर्ण खोप लगाएको कार्ड वा त्यसको मोबाइलमा खिचिएको फोटो भए पनि साथमा लिएर आउन सम्बन्धित सेवाग्राही र पालिकालाई आग्रह गरेको छ ।

156 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal