कपिलवस्तुका केही पालिकामा सिरिन्ज अभाव भएपछि खोप अभियान स्थगित

२०७८ माघ ९ गते, आईतवार

कपिलवसतु । सिरिन्ज अभाव भए पछि कपिलबस्तुमा कोभिड दोस्रो मात्रा खोप अभियान स्थगित भएको छ । जिल्लाको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाँउपाालिकामा खोप तथा सिरिन्ज अभावको कारण खोप अभियान स्थगित भएको हो । खोप सामग्री ढुवानीमा संलग्न कर्मचारीहरुनै कोभिड–१९ संक्रमित भई आईसोलेसनमा बस्‍नुपरेको कारण अभियान प्रभावित भएको हो ।

केन्द्रीय स्टोरबाट प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा खोप तथा सिरिन्ज आपूर्तिमा ढिलाई भएको स्वास्थ्य कार्यालय कपिलबस्तुका प्रमुख हेमराज पाण्डेले बताए । खोप र सिरिन्ज समयमै प्राप्त हुने प्रतिवद्धता अनुरुप खोप अभियान सञ्चालन गर्ने उनले बताए ।

‘कोरोना विरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सबै क्षेत्रबाट माग भईरहदा खोप तथा सिरिन्ज अभाव भयो तर हामी यसको व्यवस्थापन एक साता भित्रे गर्ने छौं ’ उनले भने जिल्लामा ४ लाख १० हजार १ सय ५७ जनाले एक मात्रा खोप प्राप्त गरेको र २ लाख ५१ हजार ८ सय ३९ जनाले पूर्ण मात्रामा खोप प्राप्त गरि सकेको स्वास्थ्य कार्यालय कपिलबस्तुका फोकल पर्सन उमेश घिमिरेले बताए । जिल्लामा हालसम्म १ सय ५५ कोभिड संक्रमित रहेका छन् ।

253 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal