जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द

२०७८ माघ ९ गते, आईतवार

बैतडी । कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।

कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अत्यावश्यकबाहेका सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ। बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पूर्जी जारी‚ अभियोग दर्ता, वयान र थुनछेकको काम सञ्चालन हुनेछ।

यस्तै‚ मुलुकी फौजदारी कार्यविधि संहितासम्बन्धी मुद्दा र मुद्दा फिर्ता, तामेलीलगायतका कार्य पनि गरिने जनाइएको छ। सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाहरु नियमित सुनुवाइ गरिनेछ। यीबाहेकका अन्य सेवाहरु तत्कालका लागि बन्द भएका अदालतले जनाएको छ।

भारतसंग सीमा जोडिएको बैतडी जिल्ला कोरोनाको संक्रमणको निकै जोखिममा रहेकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ। संक्रमणकै कारण यहाँ १९ जनाको मृत्यु भइसकेको छ।

129 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal