राष्ट्रिय सभाको निर्वाचनमा जाँदै गरेको गाडी दुर्घटना: सांसद सहित दुई जना घाइते

२०७८ माघ १२ गते, बुधबार

अर्घाखाँची । महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबांगको बीचमा लुम्बिनी प्रदेश सांसद चढेको सुद्धोदन गाउँ पालिकाको गाडी दुर्घटना भएको छ । प्रदेश सांसद तुल्सी चौधरी सहित २ जना घाइते भएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा दाङ् जाँदै गरेको गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हो । घाइते दुबै जनालाई उपचारको लागि भालुबांग अस्पताल पठाइएको छ । गाउँपालिकाका अध्यक्ष किशुचन्द चौधरी, उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगायत चढेको गाडी दुर्घटना भएको होे ।

217 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal