स्थानीय निर्वाचनको ताकेता-निर्वाचन आयोगसँग प्रधानमन्त्रीले छलफल गर्दै

२०७८ माघ १३ गते, बिहीबार

काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न ताकेता गरिरहेका बेला प्रधानमन्त्री शेरवहादुर देउवाले आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग प्रधानमन्त्रीले आज दिउँसो छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटमा स्थानीय तह निर्वाचनको कानूनी र संवैधानिक जटिलताका बारेमा छलफल हुने बताइएको छ ।

आयोगले जेठ ५ गते हालका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसअघि नै स्थानीय चुनाव सम्पन्न गर्न सरकारले अविलम्ब मिति घोषणा गर्नुपर्ने भनिरहेको छ ।

सत्ता गठबन्धनले भने २०७४ असोज २ गते तेस्रो चरणमा भएका स्थानीय तहको निर्वाचनलाई आधार मानेर ६ महिनासम्म धकेल्न खोजिरहेको छ ।

155 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal