कल्पना र तेजेश रेग्मीको आवाजमा रहेको नयाँ गीत ‘रातो डोली’ (सार्बजनिक भिडियो सहित)

२०७८ माघ १५ गते, शनिबार

काठमाडौं । लोकप्रिय गायिका कल्पना काफ्ले र तेजेश रेग्मीको आवाजमा रहेको नयाँ गीत ‘रातो डोली’ सार्वजनिक भएको छ । तेजेश रेग्मीको शब्द तथा संगीत रहेको गीत रातो डोली गाउँकै भाकालाई जस्ताको तस्तै टिपेर नयाँपन दिन खोजिएको छ । गीतको संगीत संयोजन, मिक्सिङ भने एचबीएन किस्मतले गरेका छन् ।
म्यूजिक भिडियोमा निक्श शर्मा, दिव्या न्यौपाने, पवित्रा काफ्ले र सन्तोष सापकोटाको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई राम केसीले खिचेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् । पञ्चेबाजालाई मध्यनजर गरिएको गीत सार्वजनिकसँगै मिश्रित प्रतिक्रिया बटुलेको यस गीतको सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना । ‘रातो डोली’ गायिका कल्पना काफ्लेको यूट्यूबबाट सार्वजनिक गरिएको छ ।
एक दशक यता सांगीतिक क्षेत्रमा मिहिनेत गर्दै आएकी कल्पनाका बजारमा थोरै गीत छन्, तर गुणास्तरीय । उनको मान्यता पनि यही हो । उनी भन्छिन्, ‘धेरै गाउनुभन्दा थोरै तर स्तरिय हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ कल्पनाका ‘राम्री भएर हो कि मलाई’, ‘रैछौ नि गफी गफी’, ‘जादू मन्तर’, ‘तामे गाग्री’लगायतका गीत चर्चित छन् ।

220 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal