एमसीसी पास गरौं, देश कंगाल हुनबाट जोगाऔँ: बाबुराम भट्टराई

२०७८ माघ १७ गते, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्नुपर्ने बताएका छन्। मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सबैले यस विषयमा जनतालाई बुझाउनुपर्ने उल्लेख गरेका छन्।

यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुने उनको जोड छ। गठबन्धनभित्र नेपाली कांग्रेस र जसपा एमसिसी पास गर्नुपर्ने पक्षमा रहे पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने यहि अवस्थामा पास गर्न नहुने पक्षमा छन्।

एमसिसी परियोजना नलिए देश थप कंगाल बन्ने र शक्ति केन्द्रको चलखेलबाट देश बर्बाद बन्न सक्ने संकेत भट्टराईले गरेका छन्।

‘यो प्रकरण नेपालका रुढिवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्, भट्टराईले लेखेका छन, ‘देश थप कंगाल बनेर जनसंख्या अरु नघटोस्, शक्ति केन्द्रहरुको चलखेलबाट देश बर्बाद नहोस्।’

अहिले सत्तारुढ दलबीचएमसिसीबारे बहस उत्कर्षमा पुगे पनि ठोस सहमति बनि नसकेकाले संसद बैठक थप १० दिन पछाडि सारिएको छ।

165 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal