एमसीसीको विषयले सत्ता गठबन्धनमा खटपट

२०७८ माघ १७ गते, सोमबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी पास गर्ने पक्षमा उभिनुभएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल यसको विपक्षमा देखिनु भएको छ ।

सार्वजनिक रुपमा एमसीसीको विरोध गर्ने गरेपनि प्रचण्ड र नेपालले पनि भित्रभित्रै एमसीसी पास गर्न सरकारलाई सहमति दिइसकेको स्रोतको दावी छ । यही विषयमा ठोस निर्णयमा पुग्न संसद बेठक १० दिन पर सारिएको जानकारहरु बताउछन् ।

सत्तारुढ गठबन्धनको शनिवार साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले संसदबाट तत्काल एमसीसी पास गर्नुपर्ने बाध्यतामा आफु रहेको बताएपछि गठबन्धनमा खटपट देखिएको हो ।

उहाँले एमसीसी पास नगर्ने हो भने सत्ता गठबन्धन टुट्नसक्ने चेतावनी दिएपछि सम्झौता पास गराउन लगभग समहति जुटेको बताईएको छ ।

तर एमसीसीका विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनले बनाएको तीन सदस्यीय कार्यदलमा भने सहमति जुट्न सकेको छैन । कर्यादलमा सरकारको तर्फबाट सदस्य रहनुभएका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की गठबन्धनमा केही समस्या नहरेको र एमसीसी पास हुने बताउनुहुन्छ ।

तर कार्यदलका अन्य दुई सदस्यहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भने यथास्थितीमा एमसीसी पास गर्न नहुने पक्षमा अडिक हुनुहुन्छ ।

140 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal