यमनमा १५ सय बालबालिकाको मृत्यु

२०७८ माघ १७ गते, सोमबार

काठमाडौं । यमनमा हुथी ब्रिदोही र सरकारबीचको संघर्षका क्रममा हुथी बिद्रोहीले भर्ना गरेका १५ सय बालबालिका मारिएको एक तत्थ्यांकले देखाएको छ ।

संयुक्त राष्ट्रसंघले हालै सुरक्षा परिषदलाई बुझाएको प्रतिबेदनमा सन् २०२० मा भएको संघर्षमा १५ सय बालबालिका मारिएको उल्लेख गरेको छ ।

३ सय पृष्ठ लामो प्रतिबेदनमा हुथी बिद्रोहीले यमनको बिभिन्न शिविर र मस्जिदहरुमा धमाधम बालबालिका भर्ती गरीरहेकोले आगामी दिनमा थप बालबालिकाको संघर्षको क्रममा मारिने आँकलन गरिएको छ ।

प्रतिबेदनमा सन् २०२० मा मात्रै भर्ती भएका १४ सय बढी बालबालिको सुची प्राप्त गरेको भन्दै युद्धको मारमा बालबालिका परेको उल्लेख गरिएको छ ।

युद्धकै क्रममा दशौं हजार बयस्कहरु मारिएको र लाखौं बिस्थापित भएका छन् । हुथी बिद्रोहीले भर्तीकै क्रममा सात बर्षका बालबालिकाहरु पनि लिने गरेको खुलासा भएका छ ।

उनीहरुलाई हतियार सफा गर्ने कार्यमा प्रयोग गर्ने गरिएको छ ।

353 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal