विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई दले कालोमोसो

२०७८ माघ १८ गते, मंगलवार

कैलाली । कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन् ।

सोमबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव–डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका हुन् ।
आफुलाई विप्लवको कार्यकर्ता भनेर परिचय गराएका केही व्यक्तिले तपाईंसँग कुरा गर्छु भन्दै आएको बताउदै पण्डितले चन्दा आतंकको किन विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको बताउनु भयो ।

केही समय अगाडी सो सव–डिभिजन अन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका हुन् ।

सामुदायिक वनमा आफूले तोकेको रकम चन्दा स्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएका थिए ।

चन्दाका विषयमा सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै पण्डितलाई कालोमोसो दलिएको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव दीपेन्द्र चलाउनेले भने सोमबार अपुष्ट खबर आएकाले बुझेर मात्र जानकारी दिने बताउनु भएको छ ।

267 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal