सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियुले देखायो कालो झण्डा

२०७८ माघ १८ गते, मंगलवार

काठमाडौँ । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएका छन् ।

उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका थिए । एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की गनत्वयमा लागेका थिए ।

अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालका अनुसार स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेकोले कालो झण्डा बाटो छेकेर देखाएको हो ।

116 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal