स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ: प्रधानमन्त्री देउवा

२०७८ माघ १८ गते, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताएका छन् । नेपाली कांग्रेसको बागमती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीलाई भेट्ने क्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन् ।

“प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गनुभयो,” कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने ।

देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन समेत दिएका छन् । निर्वाचनका लागि तयार रहनुस् भन्ने देउवको निर्देशनपछि सहभागीले निर्वाचन मंसिरमा हुने होला, होइन र रु भनी जिज्ञासा राखेका थिए ।

जबाफमा देउवाले दिएको अभिव्यक्तिबारे बागमती प्रदेश सभापति इन्द्र बानियाँले भने,“जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुन्छ । जेठको पहिलो सताभन्दा ढिलो गर्न सकिन्न ।”

उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पनि पारित गर्ने तयारी रहेको जनाकारी गराएका थिए ।

209 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal