आफ्ना मन्त्री हरुलाइ अध्यक्ष नेपालको निर्देशन: प्रेम आले जस्तै सक्रिय भएर काम गर्नुहोस्

२०७८ माघ १९ गते, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पर्यटन मन्त्री प्रेमबहादुर आलेले गरेको कामको प्रशंसा गर्दै आफ्ना मन्त्रीहरुलाई पनि उनले झैं काम गर्न निर्देशन दिएका छन्।

बुधबार एकीकृत समाजवादीको भातृ संस्था अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन्।

‘प्रेम आले जीले मन्त्रालयको काम गर्ने क्रममा जनताको भावना सम्बोधन गर्दै आउनुभएको छ। निरन्तरता अन्तिम समयसम्म कायम रहोस्, अध्यक्ष नेपालले भने, ‘मन्त्रीले पनि त्यही हिसाबले काम गर्दै जानुस्।’ यस्तै, अध्यक्ष नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना कुनै हालतमा पूरा नहुने बताए।

348 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal