वरिष्ठ गायिका लता मंगेशकरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

२०७८ माघ २३ गते, आईतवार

काठमाण्डौ । भारतकी वरिष्ठ गायिका लगा मंगेशकरको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मंगेशकरको निधनमा आज आइतवार दिउँसो सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको हो । उहाँले मंगेशकरप्रति श्रधञ्जली पनि अर्पण गर्नुभएको छ ।

‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।

वरिष्ठ गायिका मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतवार सरस्वती पूजाको दिन मल्टी अर्गान फेलरु का कारण उहाँको निधन भएको हो । उहाँको निधनप्रति भारतसहित विश्वका विभिन्न देशबाट श्रद्धाञ्जली दिने क्रम बढेको छ ।

285 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal