कपिलवस्तुमा ५ टन केराउसहित भारतीय ट्रक नियन्त्रण

२०७८ माघ २५ गते, मंगलवार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको सिमावर्ती क्षेत्रबाट ५ टन केराउसहित भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यशोधरा गाउपालिका–७ मर्यादपुरबाट प्रहरीले अबैध मटर (केराउ) बरामद गरेको हो । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारतको इटवातर्फ जांदै गरेको अबैध पाँच टन मटर (केराउ) सहित यू पि ५५ टी २२९५ नम्बरको ट्रक बरामद गरिएको हो । उक्त केराउ सहितको ट्रक र ट्रक चालक भारतको जिल्ला सिद्धार्थनगर ग्राम इटवा बस्ने बर्ष २७ को धन प्रकाश अग्रहरीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।

बरामद गरिएको केराउ सहितको ट्रक आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाउने तयारी भईरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए ।

139 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal