बुटवलका समाजसेवी खेम पुनको मृत्यु

२०७८ माघ २५ गते, मंगलवार

बुटवल । बुटवलका समाजसेवी खेम पुनको मृत्यु भएको छ । ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण मृत्यु भएको हो ।

पुनको उपचारका क्रममा काठमाडौँको ग्रिन सिटी अस्पतालमा मंगलबार मृत्यु भएकोे ओमी पुन कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताए ।

ओमी पुन कल्याणकारी प्रतिष्ठानले प्रत्येक वर्ष चिकित्सा इन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृद्धि प्रदान गर्दै आएको छ ।

औषधि व्यवसाय गर्दै आएका पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुगेका थिए । बैठककै क्रममा असहज लागरे बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

सोमबार हेलिकप्टरमार्फत काठमाण्डौंस्थित ग्रिनसिटी अस्पताल पुर्याएर उपचाररत उनको मंगलबार बिहान १२ बजे मृत्यु भएको पन्थले जनाए । उनी संरक्षक रहेको प्रतिष्ठानले हालसम्म २५ जना चिकित्सक तथा इन्जिनियर उत्पादन गरेको पन्थले बताए ।

141 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal