राप्रपाको पदाधिकारी बैठक आज बस्दै

२०७८ माघ २७ गते, बिहीबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले उठाएको विधानसम्बन्धी सरकोकारबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाईएको हो ।

धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने बताईएको छ । बैठकमा देशभर पार्टीको राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुनेछ ।

पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । राप्रपामा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन् ।

122 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal