सर्वोच्चले फागुन १ गतेबाट नियमित सबै सेवा सञ्चालन गर्ने

२०७८ माघ २९ गते, शनिबार

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।

गत माघ ४ गतेको पुर्ण बैठकले कोभिड–१९ महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चल फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्न लागेको हो ।

गत बिहिबार बसेको पूर्ण बैठकले आगामी १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले बताउनु भएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेपछि अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो । गत ४ माघदेखि २९ माघसम्मको अवधिमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आइतबारबाट भने नियमित सेवामा जाने छ ।

सर्वोच्च अदालतका अनुसार झन्डै एक महिनाको सेवा संकुचनको यस अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्र सम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधि अनुसार थुनुवामा रहेका व्यक्तिको निवेदन लगायतका मुद्दा माथि कारबाही र सुनवाईलाई भने निरन्तरता दिईएको थियो ।

119 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal