बालुवाटार बैठक निष्कर्षविहीन, एमसिसीबारे फुकेन गाँठो

२०७८ माघ २९ गते, शनिबार

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।

अमेरिकी सहयोग परियोजना एमसिसीको विवाद पेचिलो बनिरहेको बेलामा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल बिना निष्कर्ष सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। उनले भने, ‘आजको बैठकले कुनै निर्णय गरेको छैन। छलफलको लागि फेरि बैठक बस्नुहुन्छ।’

त्यसो त प्रधानमन्त्री देउवाले प्रचण्ड र माधवलाई एमसिसी फागुन २ गते बस्ने बैठकमा पेश गर्ने प्रस्ताव गरेको स्रोतले बतायो। तर, प्रचण्ड माधवले संसदमा पेश गर्न नहुने अडान कायमै राखेका छन्। छलफलमा एमसिसीसहित स्थानीय चुनावलगायत विषयमा छलफल भइरहेको छ।

एमसिसीलाई लिएर सत्ता गठबन्धनमा चर्को मतभेद छ। अमेरिकाले फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी अनुमोदन गर्न अमेरिकाले चर्को दबाब दिइरहेको छ।

बिहीबार मात्रै अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको थिए।

त्यसलगत्तै माओवादी अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसिसीबारे निर्णय गर्न आग्रह गर्दै फोन गरेका थिए।

279 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal