आईपीएल अक्सनमा सन्दीप अनसोल्ड

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग(आईपीएल) टी-२० क्रिकेटको शनिबारको चरणमा अनसोल्ड भएका छन्।

उनले आफ्नो न्युनतम मुल्य ४० लाख भारुको राखेका थिए। शनिबारको अक्सन श्रृखंलामा अन्तिममा नाम आएको उनी माथि कुनै टीमले बोली लगाएनन्।

सन्दीपले यस अघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए। उनले कुल ९ खेलमा १३ विकेट लिएका थिए।

207 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal