सुपा देउराली मन्दिरको मुलढोका आज देखि खुल्ला

२०७८ फाल्गुन १ गते, आईतवार

अर्घाखाँची । मन्दिर परिसरका बासीन्दाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरीएको नेपालकै चर्चित धार्मिक स्थल सुपा देउरालीको मुल गेट आइतबार (आज) बाट भक्तजनहरुका लागि खुल्ला गरीएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्र रुपमा फैलिएको र मन्दिर परिसरका बासीन्दाहरुमा कोरोना संक्रमण पुष्टि भएको कारण माघ ७ गते देखि मन्दिरको मुल ढोका बन्द गरिएको थियो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बिस्तारै कम हुदै गएको कारण स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी मठमन्दिर खोल्नको लागि सुचित गरीएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिए ।

167 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal