बाबुराम भट्टराईद्वारा जनयुद्ध दिवसको शुभकामना

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौं । जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जनयुद्ध दिवसको शुभकामना दिएका छन् । २७औँ जनयुद्ध दिवसको अवसरमा उनले समाजिक सञ्जालमार्फत जनयुद्ध दिवसको शुभकामना दिएका हुन् ।

उनले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य प्रणेता महान क्रान्तिमा जीवन बलिदान दिने सहीदहरु, वेपत्ताजन, घाइते योद्धाहरूप्रति उच्च सम्मान भएको बताएका छन् ।

क्रान्तिको रक्षा र विकास गर्दै निरन्तर बढ्नुपर्ने भटटराईको सुझाव छ । उनले लेखेका छन्, ‘क्रान्तिको रक्षा र विकास गर्दै निरन्तर अघि बढौं ’

141 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal