महाअभियोग लागेको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन्। पत्र बुझेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन्।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रश्ताव तथा नेपाली काँग्रेसका सांसद मिनेन्द्रप्रसाद रिजाल लगायत गठबन्धनका ९८ जना सांसदहरुको समर्थनमा महाअभियोग प्रश्ताव दर्ता भएको छ। त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो।

प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए। महाअभियोग प्रस्ताव दर्तासँगै उनी प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन्।

245 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal