जसपाका शीर्ष पाँच नेताबीच छलफल

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष पाँच नेताहरू छलफलमा बसेका छन् ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ आइतबार काठमाडौंको लाजिम्पाटमा छलफलमा बसेका जसपा स्रोतले जानकारी दिए ।

यसअघि बिहीबार जसपाका तीन शीर्ष नेता डा. भट्टराई, यादव र राईबीच संवाद भएको थियो । जसपामा संघीय परिषद अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच केही समयबीच संवादहीनताको अवस्था सिर्जना भएको थियो ।

‘पार्टी विभाजन उन्मुख भइरहेको बेला आइतबार काठमाडौंमा पाँच शीर्ष नेता विवाद समाधानका लागि छलफलमा जुट्न लाग्नुभएको हो,’ जसपाका एक केन्द्रीय कार्यकारिणी सदस्यले भने, ‘शीर्ष नेताहरूको यो संवादले लामो समयदेखिको संवादहीनताको अवस्था अन्त्य हुनेछ ।’

आइतबारको बैठकले पार्टीको केन्द्रीय समिति बैठकको मिति तोक्न सक्ने सम्भावना रहेको ती नेताले जानकारी दिए ।

270 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal